नेपाल बैंकका अध्यक्षले दिए राजीनामा
५ जेष्ठ २०८३, मंगलवार १०:२९

काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष प्रा.डा डिल्लीराज शर्माले अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट राजीनामा दिएका छन्।
अध्यक्ष शर्माले वैशाख २४ गतेबाट लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट दिएको राजीनामा सञ्चालक समितिको वैशाख १ गते बसेको बैठकले स्वीकृत गरेको हो।
साथै अर्थ मन्त्रालयको तर्फबाट नियुक्त भई सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकी सञ्चालक माया आचार्यले दिएको राजीनामा पनि स्वीकृत भएको छ।












