स्वावलम्बन लघुवित्तमा कर्मचारी माग, एसईई उत्तीर्णलाई अवसर

५ जेष्ठ २०८३, मंगलवार ११:४७

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदको तह ‘४ख’ मा केही संख्यामा कर्मचारी माग गरेको छ। संस्थाले खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो।

यसका लागि मान्यता प्राप्त शिक्षण संस्था/बोर्डबाट न्यूनतम एसएलसी वा सो सरह उत्तीर्ण भएको हुनु पर्नेछ। नेपाल परीक्षा बोर्डबाट सञ्चालित एसईई परीक्षामा सहभागी भएकाहरूको हकमा उक्त परीक्षामा स्तरीकृत अंक न्यूनतम १.६ (उपलब्धिस्तर डी) हासिल गरेको हुनु पर्नेछ।

त्यसैगरी आधारभूत कम्प्यूटर तालीम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने संस्थाले जनाएको छ। लघुवित्त संस्थाको कार्यअनुभव तथा मोटरसाइकल/स्कूटरको चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेकालाई र वित्तीय संस्थाको कार्यक्षेत्रका बासिन्दा तथा ग्राहक सदस्यहरूका परिवारका सदस्यहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ।

उमेरको हकमा दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तर महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ। वित्तीय संस्थामा कार्यरत कर्मचारीको हकमा भने उमेरको हद लागू नहुने कम्पनीले जनाएको छ।

यसका लागि लिखित परीक्षा, फिल्ड अवधारणा, कम्प्यूटर सञ्चलान (वर्ड, एक्सेल, पवरप्वाइन्ट, इमेल, इन्टरनेट आदि) सम्बन्धी प्रयोगात्मक परीक्षा र अन्तरवार्ता हुनेछ। पाठ्यक्रम संस्थाको वेबसाइटमा सूचना प्रकाशन गरिने र योग्य तथा इच्छुक उम्मदेवारले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र संस्थाको वेबसाइटमा तोकिए बमोजिम दरखास्त आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*