अर्थमन्त्री वाग्लेले गरे संसद बैठक बंक, रास्वपाकै सांसद आक्रोशित

काठमाडौं । सरकारको क्रमभंगताप्रति रास्वपाकै सांंसद आक्रोसित बनेका छन् । बजेटका प्राथमिकतामाथि छलफलमा हुँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद भंग गरेपनि रास्वपाका सांसदले नै आपत्ति जनाएका हुन् ।
सांसद अमरेश सिंहले परम्परता भत्काउने नाममा औचित्य नै समाप्त हुने कार्य गर्ने नहुने बताए । उनले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटको विनियोजन प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ। परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । यो कुरा रेकर्ड गराउनलाई मात्रै बोल्दैछु । हामीले पनि सबै परम्परा भत्काउलै गयो भने यो संसदको औचित्य समाप्त हुन्छ । सिस्टमको समाप्त हुन्छ । संविधानले समेत सोहि कुरालाई उल्लेख गरेको छ । मेरो २० वर्षको कार्यकालदेखि पहिलो पटक देख्दै छु, अर्थमन्त्रीबिनाको छलफल चल्दैछ । यो कस्तो कुराको सुरुवात हुँदैछ । नयाँको नाममा सबै चीज भत्काउने होइन यदि त्यसो भए सिंहदरबार, प्रधानमन्त्री, मन्त्री पद पनि भत्काउ । सबै कुरा भत्काउन’
उनको यो भाषणापछि रास्वपा कै सांसदले तालि बजार स्वागत गरेका थिए ।
अमरेश सिंह फेरी भने, ‘औचित्यपूर्ण हुनुपर्छ । अर्थमन्त्री जति ब्यस्त भएपनि एक दुई दिन छलफल चल्छ । तेति भएपनि समय दिनुपर्छ । अब अर्थमन्त्री नभएपनि मेरो कुरा रेकर्डमा बस्ला म विषयबस्तुमा अघि बढ्छु ।’
त्यस्तै अर्थमन्त्री वाग्ले विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएको कुरा उठाएका थिए । उनले अर्थमन्त्री नआएसम्म बजेटको सिद्धान्त र प्राथमिकता बारेमा नबोल्ने बताएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित समेत भएको थियो । अर्थमन्त्री आएपनि अहिले संसद बैठक चलि रहेको छ ।












