लकइन पिरियड सकिएको सिटी होटलमा लगानीकर्ताको ओइरो, अन्य कुनको भयो बढी कारोबार?

५ जेष्ठ २०८३, मंगलवार १५:०५

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य ६.५१ अंकले घटेर २७२४.३९ को विन्दुमा कायम हुँदा ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। जसमध्ये सिटी होटलको सर्वाधिक २३ करोड ५३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

सिटी होटलको संस्थापक र कर्मचारीतर्फको गरी २ करोड ७२ लाखभन्दा बढी कित्ता शेयरको लकइन पिरियड समाप्त भएर कारोबार खुलेसँगै यस कम्पनीको शेयरको उच्च कारोबार भएको हो। विगत तीन वर्षदेखि होल्ड गरिरहेको शेयर बिक्रीमा आएकोले कारोबार ह्वात्तै बढेको हो।

त्यसपछि साहस ऊर्जाको ९ करोड १६ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको ८ करोड ६८ लाख रुपैयाँ, कर्पाेरेट विकास बैंकको ८ करोड १८ लाख रुपैयाँ, एसवाई प्यानलको ८ करोड ७ लाख रुपैयाँ, अपी पावरको ७ करोड १९ लाख रुपैयाँ, बुंगल हाइड्रोको ६ करोड २६ लाख रुपैयाँ, रिडी पावरको ६ करोड रुपैयाँ, नेशनल हाइड्रोको ५ करोड ९९ लाख रुपैयाँ र हिमालयन रिको ५ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*