प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले लिए पद तथा गोपनीयताको शपथ

५ जेष्ठ २०८३, मंगलवार १८:५४

काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा शर्मालाई प्रधान न्यायाधीशको शपथ ग्रहण गराएका हुन्। शपथसँगै शर्मा सर्वोच्च अदालतको नेतृत्वमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

यसअघि मंगलबार नै संसदीय सुनुवाइ समितिले शर्माको नाम प्रधान न्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। समितिबाट अनुमोदन भएपछि उनी नियुक्ति प्रक्रियाको अन्तिम चरणमा पुगेका थिए।

शपथ ग्रहणपछि शर्माले आजै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*