मिड सोलु हाईड्रोपावरको बोनस शेयर डिम्याट खातामा जम्मा

६ जेष्ठ २०८३, बुधबार ०७:२२

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा १५ प्रतिशत बोनस शेयर जम्मा गरिएको जनाएको छ। कम्पनीको गत पुस २१ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित बोनस शेयर नेप्सेमा सूचीकृत भई कारोबारयोग्य समेत भइसकेको छ।

लाभांश प्रयोजनका लागि तोकिएको बुक क्लोज मितिभन्दा अघिल्लो दिन (पुस ११ गते) सम्म विवरण अद्यावधिक भएका शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिसकिएको छ। त्यसपछि विवरण अद्यावधिक गर्ने शेयरधनीहरूको खातामा पनि क्रमशः बोनस शेयर जम्मा गरिने कम्पनीले जनाएको छ।

हालसम्म बोनस शेयर खातामा नआएका शेयरधनीहरूले आफ्नो शेयर सम्बन्धी विवरण अद्यावधिक गरेपछि बोनस शेयर प्राप्त गर्न सक्ने व्यवस्था रहेको कम्पनीले स्पष्ट पारेको छ।

यस्तै कम्पनीले शेयर धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका शेयरधनीको हकमा सम्बन्धित बोनस शेयर बैंक वा वित्तीय संस्थाको नाममा रोक्का जनाइ शेयरधनीकै हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ। कर्जा चुक्ता भइसकेको भए सम्बन्धित बैंक वा वित्तीय संस्थामा सम्पर्क गरी रोक्का फुकुवा प्रक्रिया पूरा गर्न कम्पनीले शेयरधनीलाई अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*