आज संसद बैठक बस्दै, दुई विधेयक प्रस्तुत गरिने

६ जेष्ठ २०८३, बुधबार ०९:२५

काठमाडौं । आज बुधबार संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचन सम्बन्धी दुई विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

मन्त्री सोविता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावाली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरी सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*