भृकुटी स्टक ब्रोकिङलाई २२ करोड २५ लाख भुक्तानी गर्न हिमालयन इन्भेष्टमेन्ट बैंकरको ताकेता

६ जेष्ठ २०८३, बुधबार १०:२३

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकरले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालि (ब्रोकर नम्बर ५५) लाई करोडौं रुपैयाँ फिर्ता गर्न औपचारिक ताकेता गरेको छ ।

एचएलआई लार्ज क्याप फण्डको योजना व्यवस्थापक रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकरले फण्डको नाममा सेयर खरिदका लागि उपलब्ध गराइएको रकम लामो समयसम्म फिर्ता नगरेको भन्दै ब्रोकर कम्पनीलाई सात दिने अल्टिमेटम दिएको हो ।

कम्पनीका अनुसार भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीमार्फत विभिन्न समयमा सेयर खरिदका लागि रकम पठाइएको थियो । तर, उक्त रकमअनुसार सेयर खरिद नभएको र कारोबार सम्पन्न नभई बाँकी रहेको रकमसमेत फिर्ता नगरिएको आरोप लगाइएको छ ।

हिमालयन इन्भेष्टमेन्ट बैंकरले कुल २२ करोड २५ लाख ७३ हजार ५९० रुपैयाँ फिर्ता गर्नुपर्ने दाबी गरेको छ । कम्पनीले यसअघि पनि पटक–पटक मौखिक तथा लिखित रूपमा रकम फिर्ताका लागि ताकेता गरिएको उल्लेख गरेको छ ।

योजना व्यवस्थापकले जारी गरेको सूचनामा सात दिनभित्र सम्पूर्ण रकम ब्याज तथा हर्जानासहित फिर्ता गर्न आग्रह गरिएको छ । तोकिएको अवधिभित्र रकम फिर्ता नभए प्रचलित कानूनअनुसार थप कानूनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*