सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
६ जेष्ठ २०८३, बुधबार ११:१४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन तीन हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।












