पोखरास्थित श्री सेन्ट्रल एक्सचेञ्ज काउन्टरको मनीचेञ्जर इजाजतपत्र खारेज
६ जेष्ठ २०८३, बुधबार १३:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले कास्कीको पोखरा–६ मा रहेको श्री सेन्ट्रल एक्सचेञ्ज काउन्टर प्रा.लि. को मनीचेञ्जरसम्बन्धी इजाजतपत्र खारेज गरेको छ ।
कम्पनीले आफ्नो कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन पेस गरेपछि राष्ट्र बैंकले इजाजतपत्र खारेज गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंक, मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियम २२ बमोजिम वैशाख ३० गतेको निर्णयअनुसार उक्त इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
परिवर्त्य विदेशी मुद्राको खरिद कारोबार गर्न इजाजत प्राप्त उक्त संस्थाको लाइसेन्स खारेजीसम्बन्धी औपचारिक सूचना राष्ट्र बैंकको पोखरा कार्यालयले जेठ ६ गते सार्वजनिक गरेको हो ।












