दुर्गा प्रसाईं पक्राउ प्रकरणमा २४ घण्टाभित्र कारणसहित लिखित जवाफ पेश गर्न निर्देशन

६ जेष्ठ २०८३, बुधबार १८:०३

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालत का न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बाटाको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न जिल्ला प्रहरी कार्यालय पर्सा लगायतलाई आदेश दिएको हो।

त्यस्तै, आगामी पेसीमा महान्यायाधिवक्ता कार्यालय का वकिलमार्फत प्रसाईंमाथि भइरहेको अनुसन्धानको फाइल पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ।

प्रसाईंलाई दुई दिनअघि पर्साबाट प्रहरीले पक्राउ गरेको थियो। आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*