अमेरिकी डलर हालसम्मकै उच्च, बिक्री दर १५५.२२ रुपैयाँ कायम

७ जेष्ठ २०८३, बिहीबार ०६:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज एक अमेरिकी डलरको खरिद दर १५४.६२ रुपैयाँ र बिक्री दर १५५.२२ रुपैयाँ कायम भएको छ।

युरोपियन यूरोको खरिद दर १७९.३१ रुपैयाँ र बिक्री दर १८०.०१ रुपैयाँ पुगेको छ भने बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०७.९४ रुपैयाँ कायम भएको छ। त्यस्तै स्वीस फ्र्याङ्कको बिक्री दर १९६.३८ रुपैयाँ निर्धारण गरिएको छ।

खाडी मुलुकका मुद्रामध्ये कुवेती दिनार सबैभन्दा महँगो विदेशी मुद्राका रूपमा कायम रहँदै यसको बिक्री दर ५०५.९३ रुपैयाँ पुगेको छ। त्यस्तै बहराइन दिनारको बिक्री दर ४११.६४ रुपैयाँ तथा ओमानी रियालको बिक्री दर ४०३.१६ रुपैयाँ कायम गरिएको छ।

अष्ट्रेलियन डलरको बिक्री दर ११०.५९ रुपैयाँ, क्यानेडियन डलरको ११२.७६ रुपैयाँ तथा सिंगापुर डलरको १२१.२१ रुपैयाँ निर्धारण गरिएको छ। चिनियाँ युआनको बिक्री दर २२.८२ रुपैयाँ तथा साउदी रियालको बिक्री दर ४१.३६ रुपैयाँ कायम भएको छ।

यस्तै कतारी रियालको बिक्री दर ४२.५८ रुपैयाँ, यूएई दिरामको ४२.२६ रुपैयाँ तथा थाई भाटको ४.७५ रुपैयाँ तोकिएको छ। जापानी येन १० एकाइको बिक्री दर ९.७६ रुपैयाँ रहेको छ भने दक्षिण कोरियाली वन १०० एकाइको बिक्री दर १०.३१ रुपैयाँ कायम गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*