प्रेस काउन्सिलको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गरिंदै, प्रकाशित भयो सूचना

७ जेष्ठ २०८३, बिहीबार ०९:३०

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिलको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ।

यसका लागि तीस वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कुनै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको, प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम योग्यता भएको, वरिष्ठ अधिवक्ताको हकमा सोको प्रमाणपत्र पेश गर्नु पर्नेछ।

पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिको हकमा कम्तीमा १५ वर्ष काम गरेको र पत्रकार आचारसंहितामा उल्लंघनमा सजाय नपाएको, प्रचलित कानून बमोजिम मनोनयन हुन अयोग्य नठहरिएको हुनु पर्नेछ।

तोकिएको योग्यता भएको इच्छुक नेपाली नागरिकले तोकिएको ढाँचामा आवश्यक कागजात सहित जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*