विपक्षी अवरोधका बीच प्रतिनिधिसभा सञ्चालन, निर्वाचनसम्बन्धी अध्यादेश अगाडि बढाइँदै

७ जेष्ठ २०८३, बिहीबार १७:०७

काठमाडौं । विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा बैठकको कारबाही अगाडि बढाएका छन् । पहिलो बैठकमा विपक्षीको अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि सभामुख अर्यालले कार्यसूची अगाडि बढाएका हुन् ।

प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर रोस्ट्रममा पुगेका थिए । नाराबाजी भइरहेका बेला पनि सभामुखले बैठक सञ्चालनलाई निरन्तरता दिएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गरेकी छन् ।

हाल विपक्षी दलहरू नेकपा एमाले लगायतका दलका सांसदहरूले रोस्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*