बुद्धभूमि नेपालको हकप्रद शेयर बाँडफाँड, झण्डै ५ लाख कित्ता लिलामीमा आउने

८ जेष्ठ २०८३, शुक्रबार ०८:००

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको गत चैत २२ गतेदेखि वैशाख २८ गतेसम्म बिक्री खुला गरिएको हकप्रद शेयर बाँडफाँड भएको छ।

कम्पनीले गत माघ २९ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि १ शेयर बराबर नयाँ १ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ४० लाख कित्ता हकप्रद शेयर खुला गरेको थियो।

बिक्री अवधिभर रीतपूर्वक आवेदन दिने सम्बन्धित शेयरधनीहरूमा ३५ लाख २५ हजार ३०४ कित्ता हकप्रद शेयर जेठ ७ गते बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ। आफ्नो कायम हकभन्दा बढी आवेदन दिने शेयरधनीको रकम आजैदेखि फिर्ता गरिने कम्पनीले बताएको छ।

बाँडफाँडमा बाँकी बसेको ४ लाख ७४ हजार ६९६ कित्ता अवितरित हकप्रद शेयर कम्पनीले सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याउनेछ। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*