शंखमुल एरियामा आज ५ घण्टा विद्युत आपूर्ति बन्द हुने

८ जेष्ठ २०८३, शुक्रबार ०९:१४

काठमाडौं । काठमाडौंको दोभान पुल, श्रीनगर मार्ग, बागमती अपार्टमेन्ट, बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कूल, भृगु मार्ग, रुद्रमति मार्ग एरियामा आज ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्र अन्तर्गत काठमाडौं उपत्यका पश्चिम विरतण प्रणाली सुदृढीकरण आयोजनाद्वारा शंखमुल फिडरमा वितरण प्रणाली भूमिगत कार्य गर्नु पर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने भएको हो। आपूर्ति बन्द बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म हुने प्राधिकरणले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*