शुक्रबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
८ जेष्ठ २०८३, शुक्रबार १०:४१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ११५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।












