ग्लोबल आइएमई बैंकको घटनापछि झस्कियो राष्ट्र बैंक, कर्मचारीको हितमा जारी गर्यो यस्तो निर्देशिका

८ जेष्ठ २०८३, शुक्रबार २२:१२

काठमाडौं । ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पिताम्वर खड्काको आत्महत्याको प्रकरणपछि राष्ट्र बैंक झस्किएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरुलाई कार्यलय समय भन्दा बढी काममा लगाउन नपाइने बताएको छ।

केन्द्रीय बैंकले निर्देशिका जारी गरेर अतिरिक्त कार्यालय समय सम्बन्धमा नयाँ व्यवस्था गरेको हो।

बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने राष्ट्र बैंकको निर्देशिका उल्लेखित रहेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले बढी समय काम गर्नुपरेको गुनासो गर्दै आएका थिए। केन्द्रीय बैंकले बैंकका कर्मचारीको गुनासोलाई सम्बोधन गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी काममा लगाउनु पर्ने बताएको हो।

यस्तै, केन्द्रीय बैंकले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने बताएको हो। अबदेखि बैंकका कर्मचारीले बढी समय काम गरे ‘ओभर टाइम’ पाउने छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*