नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता शेयरको लक–इन अवधि समाप्त हुँदै
१० जेष्ठ २०८३, आईतवार ०६:३२

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको संस्थापक तथा कर्मचारीहरूले धारण गरेको शेयरको लक–इन अवधि आगामी असार १० गतेपछि समाप्त हुने भएको छ।
कम्पनीका अनुसार सर्वसाधारणमा शेयर निष्काशन तथा बाँडफाँड गरिएको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि ती शेयर लक–इनमा राखिएको थियो। अब उक्त अवधि २०८३ असार १० गतेपछि समाप्त हुन लागेको जानकारी कम्पनीले दिएको हो।
कम्पनीका संस्थापक समूहले धारण गरेको ५३ लाख २२ हजार कित्ता शेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको ८० हजार १५९ कित्ता शेयरको लक–इन अवधि समाप्त हुने भएको हो। लक–इन अवधि समाप्त भएसँगै सम्बन्धित शेयर कारोबारका लागि खुला हुनेछन्।












