सपोर्ट लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

१० जेष्ठ २०८३, आईतवार ०७:२६

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ।

कम्पनीको गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत मिलाइसकिएको छ।

कम्पनीका अनुसार गत पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिसकिएको छ। सो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा भने क्रमशः बोनस शेयर खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

त्यस्तै उक्त मितिसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाइ हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ। कर्जा चुक्ता भइसकेका शेयरधनीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी शेयर फुकुवा गराउन पनि आग्रह गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*