यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१० जेष्ठ २०८३, आईतवार ०८:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ १० गते आइतबार एक अमेरिकी डलरको खरिद दर १५२.८१ रुपैयाँ र बिक्री दर १५३.४१ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा डलरको मूल्य यथावत रहेको हो।

यता युरोपियन यूरोको खरिद दर १७७.१७ रुपैयाँ र बिक्री दर १७७.८६ रुपैयाँ निर्धारण गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०५.८७ रुपैयाँ र स्वीस फ्र्याङ्कको बिक्री दर १९४.९७ रुपैयाँ पुगेको छ।

खाडी मुलुकका मुद्रामध्ये कुवेती दिनारको खरिद दर ४९८.०८ रुपैयाँ र बिक्री दर ५००.०३ रुपैयाँ कायम भएको छ। त्यस्तै बहराइन दिनारको बिक्री दर ४०६.८७ रुपैयाँ तथा ओमानी रियालको बिक्री दर ३९८.४६ रुपैयाँ निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलरको बिक्री दर १०९.२७ रुपैयाँ, क्यानेडियन डलरको १११.१९ रुपैयाँ तथा सिंगापुर डलरको ११९.८१ रुपैयाँ कायम भएको छ। चिनियाँ युआनको बिक्री दर २२.५८ रुपैयाँ तथा साउदी रियालको बिक्री दर ४०.८८ रुपैयाँ तोकिएको छ।

यस्तै कतारी रियालको बिक्री दर ४२.१० रुपैयाँ, यूएई दिरामको ४१.७७ रुपैयाँ तथा थाई भाटको ४.६९ रुपैयाँ कायम गरिएको छ। जापानी येन १० एकाइको बिक्री दर ९.६४ रुपैयाँ रहेको छ भने दक्षिण कोरियाली वन १०० एकाइको बिक्री दर १०.११ रुपैयाँ निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*