निर्जीवन बीमकको व्यवसाय १४.८१%ले बढ्यो: अग्रस्थानमा शिखर, बृद्धिदरमा आक्रामक हिमालयन एभरेष्ट र एनएलजी

१० जेष्ठ २०८३, आईतवार १३:०३

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को बैशाख मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ४० अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा ४० अर्ब २९ करोड ५७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १४.८१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको १० महिनाको अवधिमा ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेक थिए ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेका छन् भने बृद्धिदरमा हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स अघि रहेका छन् ।

बैशाख मसान्तसम्ममा शिखर इन्स्योरेन्सले सर्वाधिक पाँच अर्ब १९ करोड २२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १०.९० प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै दोस्रो नम्बरमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमा ब्यवसाय ४२.०५ प्रतिशतले बढेर चार अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सकोे ५.३७ प्रतिशतले बढेर चार अर्ब २५ करोड रुपैयाँ पुगेको प्राधिकरणको तथ्याङमा उल्लेख गरेको छ ।

यता, क्रमशः आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १६.३६ प्रतिशतले बढेर तीन अर्ब ५१ करोड, सिद्धार्थ प्रिमियरको ०.४२ प्रतिशतले बढेर तीन अर्ब ४९ करोड, एनएलजि इन्स्योरेन्सको ४२.०४ प्रतिशतले बढेर तीन अर्ब ४४ करोड, नेको इन्स्योरेन्सको ११.७० प्रतिशतले बढेर तीन अर्ब एक करोड, द ओरियन्टलको १४.६२ प्रतिशतले बढेर दुइर्अ अर्ब ५८ करोड र युनाइटेड अजोडको १८.३१ प्रतिशतले बढेर दुई अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा सानिमा जिआईसीको १२.७१ प्रतिशतले बढेर दुई अर्ब ३६ करोड, नेपाल इन्स्योरेन्सको ७.५४ प्रतिशतले बढेर एक अर्ब ८१ करोड, प्रभु इन्स्योरेन्सको ४.४० प्रतिशतले बढेर एक अर्ब ४९ करोड, राष्ट्रिय बीमा कम्पनीको २.१४ प्रतिशतले बढेर एक अर्ब १८ करोड र नेशनल इन्स्योरेन्सको १४.४७ प्रतिशतले बढेर एक अर्ब ६ करोड रुपैयाँ कुल बीमा शुल्क पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*