बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त प्रणवलाल सिंह पक्राउ

१० जेष्ठ २०८३, आईतवार १५:४३

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका छन् । जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई प्रहरीले काठमाडौं महानगरपालिका–१३ छाउनी क्षेत्रबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*