बालेन र रास्वपाको सुशासनलाई धज्जी उडाउँदै धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीमा सेटिङ

११ जेष्ठ २०८३, सोमबार ०८:५०

काठमाडौं । सम्भवतः आज मन्त्रिपरिषदको बैठक बसेको अवस्थामा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्ती सम्बन्धी निर्णय हुनेछ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्वय डा. गोपाल प्रसाद भट्ट र मुकुन्द कुमार क्षेत्री तथा सेबोनकै पूर्व कार्यकारी निर्देशक विनयदेव आचार्य तीन जना मध्येबाट एक जनालाई अध्यक्ष नियुक्ती गरिनेछ ।

अब परिक्षा हुनेछ प्रम बालेन शाहको नैतिकताको । सानिमा बैंकमा सिईओ भएर काम गरेका भुवन दाहालले सेटिङमा छनौट गरी अघि बढाएका मुकुन्द कुमार क्षेत्रीलाई अध्यक्ष बनाउन प्रधानमन्त्री बालेन्द्र शाह तयार हुन्छन् वा हुँदैन यहीबाट प्रधानमन्त्रीको नियत स्पष्ट हुनेछ । यद्यपि प्रधानमन्त्रीले घुस सेटिङको आरोप लागेका व्यक्तिलाई अध्यक्ष नियुक्ती गरेपनि उनले कही कतै उभिएर जवाफ दिनुपर्ने छैन । किनभने जनउत्तरदायी प्रधानमन्त्रीको हैसियतमा संसदमा त उपस्थित भएर सांसदहरुको जवाफ नदिने प्रधानमन्त्रीले नैतिक प्रश्नको जवाफ दिन बाध्य हुने छैनन् ।

तर, सेबोनको अध्यक्ष नियुक्तीमा भएको सेटिङले प्रम बालेन र रास्वपाको सुशासनप्रतिको प्रतिबद्धताको धज्जी उडाउने निश्चित छ । कूल ४७ जनाको आवेदन परेकोमा सबै आवेदकहरुको नाम समेत सार्वजनिक नगरी गोप्य राखेरै अध्यक्ष नियुक्ती अन्तिम चरणमा पुर्याइएको छ । यसले झनै सेटिङमा अध्यक्ष नियुक्ती गर्न खोजेको तथ्यलाई पुष्टी गरेको छ ।

पारदर्शिता र सुशासनको पक्षमा कुनै पनि जवाफ दिन नचाहेको अर्थमन्त्रालय र अध्यक्ष छनौट समितिले भित्रभित्रै अध्यक्षको नियुक्ती समेत ठेक्का लिइसकेको चर्चा आर्थिक क्षेत्रमा व्याप्त छ । रोचक कुरा के छ भने शेयर लगानीकर्ताहरुको सबैभन्दा धेरै समर्थन रहेको रास्वपा र बालेनले सेबोनको अध्यक्ष नियुक्तीमा भने देखिने गरी झेल हुँदा पनि मौन बसिरहेको छ ।

सेटिङको झेल
सेबोनको अध्यक्ष छनौट समितिका दुई पात्र विवादित रहेका छन् । अर्थ सचिव घनश्याम उपाध्याय तिनै पात्र हुन्, जसलाई यसअघि सेटिङमा गैर कानुन नियुक्ती गर्न सिफारिस गर्ने विवादित र अख्तियारको छानविनमा परेका पात्र हुन् । यस्ता विवादित पात्रले गरेको छनौटलाई विश्वसनीय मान्न सकिने अवस्था छैन ।

दोस्रो भुवन दाहाल नाम गरेका व्यक्ति सानिमा बैंकका पूर्व सिईओ हुन् । उनले सानिमा बैंकसँग विशेष सम्बन्ध र लगानी रहेका मुकुन्द कुमार क्षेत्रीलाई अध्यक्ष बनाउन भन्दै सेटिङ गरिरहेका छन् । दिन दहाडै सेटिङ हानिरहेको सन्दर्भमा विगतमा विष्णु पौडेलकै शैलीमा धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ती गर्न लागिएको छ । जसको विश्वसनीयतामाथि मात्रै होइन सरकारको नियतमाथि नै प्रश्न उठ्ने गरी धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्न लागिएको छ । जुन अपारदर्शी र अविश्वसनीय छ ।

स्वार्थ बाझिने छनौट
अहिलेका अध्यक्ष छनौट समितिमा विज्ञ सदस्यका रुपमा नियुक्त भएका अर्थमन्त्री स्वर्णिम वाग्लेका निकटस्थ व्यक्ति हुन्, भुवन दाहाल । दाहालले श्रीमती सरिता दाहाललाई कांग्रेसी पावरकै भरमा कृषि विकास बैंकमा जागिर खुवाएका थिए । दाहाल सानिमा बैंकका पूर्व सिईओ हुन् । उतिबेला नियामक निकाय नेपाल बैंकको पूर्व कार्यकारी निर्देशक हुनुको नाताले डा. गोपाल भट्ट र मुकुन्द कुमार क्षेत्रीप्रति नतमस्तक हुनु स्वाभाविक नै हो । नियामकप्रति सधैं बैंक तथा वित्तीय संस्थाहरु नरम र निर्देशन पालना गर्ने नै हुनुपर्ने विश्वव्यापी नियम छ ।

नैतिकताको आधारमा पूर्व सिईओ हुनुको नाताले सुपरेरियर रेगुलेटरी निकायका उच्च पदस्थ अधिकारीहरु आवेदन दिन आइसकेपछि दाहालले राजिनामा दिनुपर्दथ्यो । तर, त्यसो नगरी उल्टै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरुलाई छनौट गरियो । कूल ४७ जना आवेदन दिएको मध्ये चारै जना सुपररेगुलेटरी निकायका पूर्व पदाधिकारीहरु छनौट हुनुमा दाहालको यही स्वार्थ बाझिने कुरा जिम्मेवार छ । अन्यथा, शेयर बजारमा लामो समयसम्म काम गरेका चार जना भन्दा विज्ञ व्यक्तिहरु नभएर छनौट दुई जना सेबोनबाट र दुई जना राष्ट्र बैंकबाट छनौट गरिएको भनेर भन्न मिल्ने अवस्था छैन ।

स्वार्थ बाझिने छनौट, विगतमा भ्रष्टाचार र सेटिङका लागि काम गरेका उनै पात्रले लिएको परिक्षा अनि अपारदर्शी छनौट प्रक्रियाले धितोपत्र बोर्डको नियुक्ती विगतवर्ती सन्तोष नारायण श्रेष्ठ भन्दा फरक नहुने निश्चित देखिन आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*