पञ्चकन्या माई हाइड्रोपावरको प्लान्ट सञ्चालनमा

११ जेष्ठ २०८३, सोमबार १०:५२

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडबाट सञ्चालित अप्पर माई जलविद्युत आयोजनाको प्लान्ट सञ्चालनमा आएको छ।

९.९८ मे.वा को अप्पर माई जलविद्युत आयोजनाको टनेल आउटलेटमा रहेको मेल होलमा गत वैशाख ७ गते दिउँसो ३ बजे आकस्मिक रूपमा फुट्दा भएको क्षतिको कारण सोही दिनदेखि उत्पादन बन्द भएको थियो।

कम्पनीले आयोजनाको मर्मत सम्भार पश्चात परीक्षण समेत गरी जेठ ७ गते बिहान १० बजेबाट विद्युत उत्पादन पुनः सुचारु गर्न सफल भएको कार्यकारी निर्देशक प्रकाश विष्टले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*