पत्रकार रोयल आचार्यलाई मातृशोक
११ जेष्ठ २०८३, सोमबार १३:०९

काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष तथा नेपाल पत्रकार मञ्चका सदस्य रोयल आचार्यलाई मातृशोक परेको छ।
केटिएम भ्वाइसका सम्पादक आचार्यकी आमा भुनकुमारी आचार्यको ७३ वर्षको उमेरमा उपचारका क्रममा आइतबार निधन भएको हो। उनी लामो समयदेखि स्वासप्रश्वास, दमलगायतका स्वास्थ्य समस्याबाट पीडित रहँदै आएकी थिइन्।
आतइबार नै साँझ पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम दाहासंस्कार गरिएको परिवारले जनाएको छ ।












