रास्वपाको सदस्यता देखाएर गहुँर चिनीको तस्करी, को हुन् विकास लुनिया ?

काठमाडौं । एक खाद्यान्न व्यपारीले रास्वपाको सदस्य हुँ भन्दै खाद्यान्नको अबैध कारोबारमा संलग्न रहेको पाइएको छ । भन्सार बाहिरबाट वस्तु ल्याएर बिक्री गर्न पल्किएका ती व्यापारी ‘सिजनल’ रुप धारणा गरी ‘सिजनल’ तस्करीमा लागेका हुन् ।
बिराटनगरलाई आधार बनाएर तस्करीको काम गर्ने ती व्यापारी हुन् विकाश लुनिया । केहि महिना पहिला गहुँको तस्करी गरिरहेका उनी पछिल्लो समय भने चिनीको तस्करीमा सक्रिय भएका छन् ।
भारतले अहिले चिनी निर्यात बन्द गरेको छ । भारतले निर्यात गर्ने बित्तिकै चिनीको मूल्यमा वृद्धि भैसकेको छ । त्यसको मौका छोपी उनले भन्सार बाहिरबाट नेपालमा चिनी भित्र्याउन थालेका हुन् ।
व्यापारीक सर्कलमा समेत उनलाई ‘सिजनल’ तस्करी गर्ने व्यक्तिको रुपमा हेरिदै आएको छ । नेपालमा गहुँको उत्पादन नआइसकेको समयमा उनी गहुँ त्यहि मोडालटीमा ल्याउने काम गर्दर्थे । अहिले भने चिनी नेपाल भित्र्याउन लागेका छन् ।
यस वर्ष उखु उत्पादनमा कमी आउने प्रक्षेपण गर्दै भारतले कच्चा तथा प्रशोधित सबै प्रकारका चिनी निर्यात बन्देज गरिदिएको छ । यही मौकामा चिनीको तस्करी ह्वात्तै बढिरहेको छ ।
नेपालको आधार बजार हिस्सा भारतीय चिनी र आधा हिस्सा स्वदेशी चिनीको थियो । अब भारतबाट निर्यात रोकिए लगत्तै स्वदेशी चिनीको मूल्यमा वृद्धि भएको हो । यहि मौका छोपी उनले नेपालमा अवैध रुपले चिनी भित्र्याउन सक्रिय बनेका छन् ।
केहि महिना अघि यहि ढंगबाट गहुँ ल्याएका थिए । स्वदेशी उत्पादनको गहुँ विशेषगरी मंसिर–पुस सम्मलाई पुग्छ । त्यसपछि चैतसम्मलाई नेपालमा गहुँ अभाव हुने गर्छ । सबै माग धान्न भारत तथा अन्य देशको गहुँमा निरर्भर हुनुपर्छ । नेपालको सबैभन्दा नजिकको आयात हुनसक्ने स्थान भारत नै हो ।
भारतले समेत आफ्नो माग धान्न सकिरहेको थिएन । यस्तो अवस्थामा भारतले गहुँ निकासी रोकेको थियो । तैपनि नेपाली बजारमा भारतको गहुँ नै खपत भने भैरह्यो । खुल्ला सीमानाको दुरुपयोग गरेर नेपाली व्यपारीहरुले विगतदेखि नै आयात गरिरहेका छन् । साथै नेपाली भन्सारबाट एउटा समान भनेर अर्को सामान छिराउने क्रम पनि जारी नै छ ।
उनी पछिल्लो सयम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य लिएको र पार्टी सभापति रवि लामिछानेसँग कनेक्सन भएको भन्दै प्रहरी प्रशासनलाई समेत दवावमा पारेर काम गराउँदै आएका छन् ।












