सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

११ जेष्ठ २०८३, सोमबार १५:१९

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.८५ अकंले बढेर २७८६.३५ बिन्दुमा कायम भएको हो ।

कारोबार रकममा समेत सुधार देखिएको छ । आज ३४२ कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको हो ।

आज थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयर ९.०१ प्रतिशतले बढेको हो ।

साथै, सुपर खुदी हाइड्रोपावरको ८.३२ प्रतिशत, अप्पर हेवाखोलाको ५.३८ प्रतिशत, माया खोलाको ५.३४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*