यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय
११ जेष्ठ २०८३, सोमबार १७:०१

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो।
आर्थिक वर्ष ८३।८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे(केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्र पत्र स्वीकृत गर्ने निर्णय समेत भएको छ ।
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय भएको हो ।












