स्वास्थ्य क्षेत्रमा कूल बजेटको १० प्रतिशत छुट्याउन चिकित्सक संघको माग

१४ जेष्ठ २०८३, बिहीबार १८:०३

काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन सरकारसँग माग गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेको हो ।

संघले स्वास्थ्य सेवालाई थप सम्मानजनक र प्रभावकारी बनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वदेशमै टिकाइराख्ने वातावरण आवश्यक रहेको जनाएको छ । नेपाली नागरिकको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न पनि स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी अपरिहार्य रहेको संघको भनाइ छ ।

संघले हालको बजेट विनियोजन प्रणालीमा संशोधन आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्र सुधारका लागि ६ बुँदे प्रस्ताव समेत अघि सारेको जनाएको छ । स्वास्थ्य पूर्वाधार विस्तार, जनशक्ति व्यवस्थापन, सेवा गुणस्तर अभिवृद्धि तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तारमा विशेष ध्यान दिनुपर्ने संघले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*