अर्थमन्त्री डा. वाग्लेले भत्काए सुर्य सिलवालको सेटिङ, नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत बीमा अनिवार्य

१५ जेष्ठ २०८३, शुक्रबार २०:०७

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुँदा सुर्य प्रसाद सिलवालले गैर कानुनी रुपमा खोसेको नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सालाई वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बक्तव्यमार्फत खारेज गरिदिएका छन् ।

आज संसदमा बजेट भाषण मार्फत नेपालको कूल बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष बीमा अन्तर्गत मानी नेपाल पुनर्बीमा कम्पनीलाई दिनुपर्ने व्यवस्था लागू गरेका छन् । २०७५ साल जेठ १५ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले यही व्यवस्था बजेटमा गरेका थिए । तर, तत्कालिन बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले २०७९ जेठ ५ गते एक विवादास्पद निर्णय गर्दै नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सा खोस्ने निर्णय गरेका थिए । सो निर्णय गैर कानुनी रहेको भनेर बीमापोष्टले धेरै पटक समाचार प्रकाशित गरेको थियो ।

अहिले अर्थमन्त्री डा. वाग्लेले सुर्य प्रसाद सिलवालले गरेको नीतिगत भ्रष्टाचारलाई बजेटमार्फत खारेज गर्ने निर्णय गरिएको हो । बाँडफाँड गरिएको बीमा अनुसार नेपाल पुनर्बीमा कम्पनीले चालु आवमा जम्मा छ प्रतिशत मात्रै प्रत्यक्ष बीमा हिस्सा पाइरहेको छ । सो निर्णय अनुसार आगामी आव २०८३।०८४ मा नेपाल पुनर्बीमा कम्पनीले जम्मा चार प्रतिशत मात्रै हिस्सा पाउने व्यवस्था गरिएको थियो । तर, अब आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनमा जाने हुँदा अब सबैले २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीमा प्रत्यक्ष हिस्सा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

 

हिमालयन रिलाई कूल बीमाको १० प्रतिशत प्रत्यक्ष हिस्सा दिने बीमा समितिको निर्णय गैर कानुनी

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*