अप्पर स्याँङ्गे हाइड्रोपावरको लकइन अवधि सकिंदै

२० जेष्ठ २०८३, बुधबार १२:१४

काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको १५ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि असार २१ गतेबाट समाप्त हुने भएको छ।

कम्पनीको संस्थापकतर्फको १३ लाख ३० हजार कित्ता, आयोजना प्रभावितको २ लाख २० हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १३ हजार कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*