परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, जयशङ्करसँग उच्चस्तरीय वार्ता हुने

२२ जेष्ठ २०८३, शुक्रबार १३:३४

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर को निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार बनेपछिको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्दै यस क्रममा देशका प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने बताएका छन्। उनले नेपाल–भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरता अन्तर्गत नै यो भ्रमण भएको र यसले दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सो भेटमा नेपाल र भारतबीच आपसी हितका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*