सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२२ जेष्ठ २०८३, शुक्रबार १३:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता शेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर सोमबारदेखि कारोबार आउनेछ ।

कम्पनीको शेयर SOPL टिकरमा कारोबार हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*