आँखुखोला र सिटी होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ को विन्दुमा कायम हुँदा जम्मा ५ अर्ब ६१ करोड ५२ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ।
जसमध्ये सर्वाधिक आँखुखोला जलविद्युत कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँ, सिटि होटलको १९ करोड ६० लाख रुपैयाँ, १०.२५% एनबीबीएल डिबेन्चर २०८५ को १८ करोड ८६ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको १८ करोड ५० लाख रुपैयाँ र रिडी पावरको १५ करोड १६ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।
त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ८ लाख रुपैयाँ, बेष्ट फाइनान्सको १३ करोड ५० लाख रुपैयाँ, एभरेष्ट बैंकको १२ करोड ६१ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको ९ करोड ९६ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको ९ करोड ६० लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।













