नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ। संस्थाले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
संस्थाले विज्ञापन नम्बर २१/२०८२/८३ अन्तर्गत कनिष्ठ सहायक पदमा केही कर्मचारी नियुक्त गर्न लागिएको जनाएको छ। उक्त पदका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ६ महिनाको कार्यानुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ।
इच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचेको फोटोसहित आवेदन दिन सक्नेछन्। आवेदन वित्तीय संस्थाको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ।
उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारका हकमा अधिकतम उमेर हदमा ५ वर्ष थप गरिएको छ।













