पञ्चकन्या माईद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना बन्द

२२ जेष्ठ २०८३, शुक्रबार १७:२७

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना ९.९८ मे.वा को विद्युत उत्पादन बन्द भएको छ।

आयोजनाको एक्सेन्सन जोइन्टमा अत्यधिक पानी लिकेज भएको कारण उक्त एक्पेन्सन जोइन्ट मर्मत गर्नका लागि टनेल नै पूरा खाली गर्नुपर्ने भएकाले जेठ १५ दिउँसो ३ बजेबाट विद्युत उत्पादन बन्द भएको हो। मर्मत सम्भारपछि यथाशीघ्र विद्युत उत्पादन सुचारु गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*