सञ्चारमन्त्री र संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिबिच भेटवार्ता, डिजिटल नेपालबारे छलफल

२२ जेष्ठ २०८३, शुक्रबार १८:२५

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायका प्रतिनिधिहरूले शुक्रबार भेटवार्ता गरेका छन्।

भेटमा डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मिडिया सुधार, पत्रकार सुरक्षा तथा सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगका विषयमा छलफल भएको छ। संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरूले साइबर अपराध नियन्त्रण, गलत सूचना न्यूनीकरण, डिजिटल साक्षरता र प्रविधिमैत्री सेवा विस्तारमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

मन्त्री तिमिल्सिनाले डिजिटल नेपाल निर्माण, पत्रकार सुरक्षा, सूचना प्रवाहको विश्वसनीयता तथा सरकारी सेवालाई थप सहज र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले इन्टरनेट पहुँच विस्तार, डिजिटल पूर्वाधार विकास र संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*