रवि लामिछानेको भारत भ्रमणमा उठेन सीमा मिचिएको विषय

२२ जेष्ठ २०८३, शुक्रबार १८:४२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका बेला सीमाको बारे कुनै छलफल नभएको बताएका छन् । ५ दिन भारत भ्रमण गरेर नेपाल फर्किएका लामिछानेले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

यसअघि पत्रकारहरूले सीमा सम्बन्धी मुद्दा उनले विगतमा पत्रकारका रूपमा जोडदार रूपमा उठाउँदै आएको स्मरण गराउँदै भ्रमणका क्रममा उक्त विषय किन नउठाइएको भन्ने प्रश्न गरेका थिए । ‘सीमा विषयको बारेमा तपाई पत्रकार हुँदा निकै जोडबलका साथमा उठाउनु भएको थियो । अहिले भ्रमणबाट आम सर्वसाधारण सीमाको विषय उठ्ने र हाम्रो भुमि फिर्ता हुने अपेक्षा गरेका थिए । तर, कहिकतै सीमाको विषय उठेन । अहिले विर्सिनु भएको हो ?’

जवाफमा लामिछानेले कूटनीतिक ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले भने, ‘सडकमा चलेको हल्ला जस्तो कूटनीति हुँदैन ।कुटनीतिक तरिकाले अघि बढ्नु पर्छ’

लामिछानेले नेपाल भारत सम्बन्धलाई राजनीतिबाट अर्थराजनीतिमा अवलम्बन गर्ने प्रयास भएको बताए ।  यो भ्रमणले नेपाल भारत सम्बन्धलाई ‘रिसेट’ गर्ने लामिछानेको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*