विमानस्थलबाट स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ

२४ जेष्ठ २०८३, आईतवार १८:१८

काठमाडौं । रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विभानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको आन्ध्र प्रदेश प्रकासम घर भएमा ५९ वर्षीय भीम श्रीनिवासलाई शनिबार दिउँसो प्रहरीले स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एअरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*