इरान र इजरायलबीच पुनः भिषण युद्ध सुरु, इरानद्वारा रणनीतिक आक्रमण

२५ जेष्ठ २०८३, सोमबार ०८:११

काठमाडौं । इरानले आइतबार मध्यराति प्रहारको गरेको मिसाइलका विरुद्धमा इजरायलले प्रत्याक्रमण सुरु गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका शहरहरुमा शक्तिशाली विस्फोटहरुको आवाज सुनिएको अलजजिराले जनाएको छ ।

इरानको राजधानी तेहरान, अर्को शहरहरु तरबिज र इस्फहानमा विस्फोटका आवाजहरु सुनिएका छन् । आईआरजिसीले इजरायलले हवाई आक्रमण गरेको दावी गर्दै उचित जवाफ दिने जनाएको छ ।

माजिद शैली /गिट्टी इमेज /फक्सन्यूज ।

केही दिनदेखि शान्त रहेको मध्यपूर्वमा पुनः युद्ध सुरु भएको छ । इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण जारी राखेपछि नयाँ परिस्थिति विकास भएको हो । इरानले अमेरिकासँग युद्ध विरामको लागि लेबनानमा पनि युद्ध रोकिनुपर्ने माग गर्दै आइरहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनलाई समेत अवज्ञा गर्दै अघि बढेको इजरायलको कारण पछिल्लो युद्ध भड्किएको हो ।

नयाँ परिस्थितिमा विकास भएको युद्धको प्रत्यक्ष प्रभाव दुबईमा पर्ने देखिएको छ । चार लाख भन्दा बढि नेपाली रहेको दुबईबाट नेपालीहरुलाई स्वदेश फर्काउने पक्षमा सरकारले ठोस पहल गरेको छैन ।

तर, युएई विस्तारै युद्धको चपेटामा फस्ने निश्चित जस्तै देखिएको छ । मध्यपूर्वमा जारी युद्धमा अबको निशाना इरानले युएईलाई बनाउने सम्भावना छ ।
पाकिस्तानले जारी राखेको वार्ता प्रयास इजरायलको कारण भाँडिने अवस्थामा पुगेको छ । अमेरिकासँग इरानको युद्ध भाँडिएको अवस्थामा इजरायलसँग मात्रै भएपनि युद्ध हुने निश्चित छ । यस्तो अवस्थामा पनि मध्यपूर्वमा रहेका धेरै नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*