फिलिपिन्समा ७.८ म्याग्निच्यूडको भूकम्प, जापानमा सुनामीको चेतावनी

२५ जेष्ठ २०८३, सोमबार ११:०२

काठमाडौं । दक्षिणी फिलिपिन्समा सोमबार बिहानै ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। फिलिपिन्सका साथै इन्डोनेसिया र जापानसहित सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका हुन्।

भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको बताइएको छ। फिलिपिन्स इन्स्टिच्यूट अफ भोल्कानोलोजी एण्ड साइज्मोलोजीले भूकम्प ७.८ म्याग्निच्यूडको रहेको र यसको केन्द्रबिन्दु जमीनभन्दा १० किलोमिटर गहिराइमा रहेको जनाएको छ।

फिलिपिन्समा सुनामीबाट बच्न अग्लो स्थानतर्फ सर्न मानिसहरूलाई आग्रह गरिएको छ। इन्डोनेसियाका केही स्थानमा तीन फिटसम्म अग्लो सुनामी देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*