कतिमा भयो सोपान फर्मास्युटिकल्सको पहिलो कारोबार?
२५ जेष्ठ २०८३, सोमबार ११:१८

काठमाडौं । आज सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर कारोबारमा आएको छ। कम्पनीको शेयर २७६.५० रुपैयाँमा पहिलो कारोबार भएको हो।
कम्पनीलाई नेप्सेले ९२.१५ रुपैयाँदेखि २७६.५० रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज तोकेको थियो। नेप्सेमा कम्पनीको कुल १ करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमध्ये सर्वसाधारणलाई बाँडफाँड गरिएको ४२ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता रहेका छन्।












