देशभरका ५६ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न, कहाँ कस्को नेतृत्व?

२५ जेष्ठ २०८३, सोमबार १२:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को देशभरका ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन भएकामध्ये झण्डै ९० प्रतिशत जिल्लामा निर्वाचन सम्पन्न भएको हो।

१२ वटा जिल्लामा अधिवेशन प्रक्रियामा रहेको छ भने केही जिल्लामा चुनाव सम्पन्न भएर मतगणना भइरहेको छ। मधेश प्रदेशमा भने विवादका कारण अधिकांश जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ। यता सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनमा पुगेर अवरुद्ध भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*