फिलिपिन्समा भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु, १२९ जना घाइते
२५ जेष्ठ २०८३, सोमबार १२:४५

काठमाडौं । दक्षिणी फिलिपिन्समा सोमबार बिहानै गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाले ज्यान गुमाएका छन् भने १२९ जना घाइते भएका छन्।
मिन्डानाओ टापुको सोक्सार्जेन क्षेत्रमा १२ जनाको र दाभाओ अक्सिडेन्टल प्रान्तमा थप ३ जनाको मृत्यु भएको बताइएको छ। भूकम्पका कारण दर्जनौं घरहरू भत्किएका छन्।
मिन्डानाओका ६ क्षेत्रमा साना सुनामीका छालहरू रेकर्ड गरिएका छन्। यसबाट अधिकांश मिन्डानाओको दक्षिणी तटीय क्षेत्रका नागरिकहरू प्रभावित भएका छन्। रेकर्ड गरिएका छालहरूमध्ये सबैभन्दा ठूलो छाल ४.६ फिट अग्लो रहेको बताइएको छ।












