दोहोरो अंकले घट्दा राताम्मे बन्यो शेयरबजार, कारोबारमा पनि संकुचन

२५ जेष्ठ २०८३, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्दा शेयरबजार राताम्मे बनेको छ। नेप्से परिसूचक २०.२७ अंकले घटेको कारण बजार राताम्मे बन्न पुगेको हो।

आज नेप्से २७३५.१४ को विन्दुमा झरेको छ। गत शुक्रबार पनि नेप्से ११.३७ अंकले घटेर २७५५.४१ को विन्दुमा कायम भएको थियो। यद्यपि त्यस दिन साढे पाँच अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो। आज कारोबार रकम पनि खुम्चिएर चार अर्ब ८ करोड ४९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ।

यस दिन १३ उपसूचकमध्ये १२ वटा उपसूचक राताम्मे बनेका छन् भने फाइनान्स उपसूचक भने ६.८५ अंकले बढेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचक ९६ अंकले, जीवन बीमा उपसूचक ६८.६९ अंकले र ट्रेडिङ उपसूचक ६२.८९ अंकले घटेको छ।

आज धितोपत्र दोस्रो बजारमा कुल ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच भएको छ। आज ४३ वटा कम्पनीको शेयरमूल्य वृद्धि हुँदा २२१ वटा कम्पनीको शेयरमूल्य भने घट्न पुगेको छ। सबैभन्दा धेरै उपकार लघुवित्तको ७.१४ प्रतिशत र सयपत्रि हाइड्रोपावरको ६ प्रतिशतले शेयरमूल्यमा गिरावट आएको देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*