एपोलो हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?
२५ जेष्ठ २०८३, सोमबार १५:१८

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा सूचीकृत भएको छ। आज कम्पनीको ४७ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो।
कम्पनीले आईपीओ मार्फत सर्वसाधारणमा बाँडफाँड गरेको १४ लाख १० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ३२ लाख ९० हजार कित्ता (७० प्रतिशत) सूचीकृत भएको हो।
कम्पनीको दोस्रो बजार कारोबार भोलि जेठ २६ गतेदेखि हुनेछ। कम्पनीलाई नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ।












