प्रधानमन्त्रीलाई एसएमएस गर्ने कृष्णहरि पुस्कर प्रधानमन्त्री कार्यालयमै तानिए
२५ जेष्ठ २०८३, सोमबार १७:०८

काठमाडौं । प्रधानमन्त्रीलाई एसएमएस गर्ने कृष्णहरि पुस्करलाई प्रधानमन्त्री कार्यालयमै सरुवा गरिएको छ।
केही दिन अघि मात्रै प्रधानमन्त्री बालेनलाई राजदूत हुने चाहाना देखाएर एसएमएस गरेका डा. कृष्णहरि पुस्करलाई सरकारले उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर अतिरिक्त समूहमा राखेको छ।
मिचेर प्रधानमन्त्री शाहलाई एसएमएस गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्रहरीले गत बिहीबार ७ घण्टा नियन्त्रणमा लिएर केरकार गरेको थियो ।












