मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२६ जेष्ठ २०८३, मंगलवार १५:१७

काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले घटेर २७३३.५९ बिन्दुमा कायम भएको हो ।
आज ३५७ कम्पनीको १ करोड २३ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड १७ लाख रुपैयाँको कारोबार भएको हो ।
सोपान फार्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावगरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको १०.९८ प्रतिशत, उपकार लघुवित्तको ८.७० प्रतिशत र अप्पर हेवाखोलाको ६.१७ प्रतिशतले बढेको छ ।













