नेपालको बाह्य क्षेत्र थप मजबुत, १० महिनामा शोधनान्तर बचत ८ खर्ब ६३ अर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.८ अर्ब ४८ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १६ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१० अर्ब ५८ करोड रहेको थियो ।
बैशाख मसान्तसम्मको अवधिमा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमाशोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब ९८ करोडले बचतमा रहेको छ ।












